×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बसपार्कमा देखियाे उपत्यका छाेड्नेहरूकाे घुईचोँ

बसपार्कमा देखियाे उपत्यका छाेड्नेहरूकाे घुईचोँ

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेपछि उपत्यका छाेड्नेहरूकाे घुइचाेँ लाग्न थालेकाे छ । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र जिल्ला प्रशासनहरुले ७ दिनको अवधि तोकेर घोषणा गरेका निषेधाज्ञा अवधिलाई परिमार्जन गरेर मन्त्रिपरिषद्को हिजो बसेको बैठकले १५ दिन पु¥याउने खबर पाएपछि आज बिहानैदेखि काठमाडौं छाड्नेहरुको लर्को लागेको छ । 

यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी तथा बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ भने सुर्खेतमा आज राति १२ बजेदेखि र कास्कीमा भोलि बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको घोषणासँगै काठमाडौबाट बाहिरीनेको संख्या बढेको छ । 

काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भिड लागेको छ । आज बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहरुको बसपार्कहरुमा भिड देखिएको ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिनुभाये ।

निषेध आदेशसँगै उपत्यकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेसँगै सरकारले १५ दिनका लागि पहिलो चरणमा निषेध आदेशको निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्