×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनी प्रदेशले +२ र स्नातकमा विज्ञान पढ्ने सबै छात्रालाई छात्रवृत्ति दिने

लुम्बिनी प्रदेशले +२ र स्नातकमा विज्ञान पढ्ने सबै छात्रालाई छात्रवृत्ति दिने

काठमाडौं - लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का साथै स्नातक तहमा विज्ञान पढ्ने छात्रालाई छात्रवृति प्रदान गर्ने भएको छ । 
बुधबार लुम्बिनीका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो योजना सार्वजनिक गरेका हुन् । 

मन्त्री खड्काले ‘छोरीहरूको पहुँचमा विज्ञान शिक्षा कार्यक्रम’ अन्तर्गत यसलाई अघि बढाइएको बताए । कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कक्ष ११ र १२ तथा स्नातक तहमा विज्ञान सङ्कायमा अध्ययनरत सबै छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

साथै प्रदेश भित्रका शिक्षणसंस्थाहरू अन्तर्गत रहने गरी इनोभेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने जनाइएको छ। वैज्ञानिक सम्मेलन र अनुसन्धान तथा आविष्कार सहयोग कार्यक्रम सञ्चालन गरिने समेत बजेटमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्