×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

इसाई धर्मअनुसार नायिका रञ्जनाले गरिन् औँठी साटेर बिहे

इसाई धर्मअनुसार नायिका रञ्जनाले गरिन् औँठी साटेर  बिहे

काठमाडौँ । नायिका रञ्जना शर्माले सम्बन्ध विच्छेदको लामो समयपछि विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी निकेश सिलवालसँग नयाँ जीवन सुरु गरेकी हुन् । निर्देशक श्याम भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि उनी अमेरिकामा बस्दै आएकी थिइन् ।

रञ्जना र निकाेशले इसाई धर्मअनुसार औँठी साटेर विवाह गरेका हुन् । केही चलचित्रकर्मी र निकटका व्यक्तिको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । निकेश सिलवालसँग उनी बाल्टिमोरमा ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् । काठमाडौँका निकेशले होटेल म्यानेजमेन्ट अध्ययन गरेका हुन् भने ह्याप्पिनेस एड्भोकेटको रूपमा अमेरिकामा रहेर काम गरिरहेका छन् । केही समययता रञ्जनाले आफू प्रेममा रहेको संकेत सामाजिक सञ्जालमार्फत् दिँदै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस्