×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोगद्वारा समानुपातिक सांसदको सङ्ख्या टुङ्गो

निर्वाचन आयोगद्वारा समानुपातिक सांसदको सङ्ख्या टुङ्गो

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभातर्फको समानुपातिक सिटको अन्तिम नतिजा सार्वजनिक गर्दै ६ वटा राष्ट्रिय दलले पाउने सांसदको सङ्ख्या टुङ्गो लगाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै दलहरूले प्राप्त गरेको मतका आधारमा सिट सङ्ख्या बाँडफाँड गरिएको जानकारी दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक फड्को
आयोगको तथ्याङ्कअनुसार यसपटक समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो शक्तिका रूपमा उदाएको छ। रास्वपाले ५७ सिटसहित संसद्‌मा बलियो उपस्थिति जनाउने भएको छ।

त्यसैगरी, परम्परागत शक्तिहरू नेपाली कांग्रेसले २० र नेकपा एमालेले १६ सिट सुरक्षित गरेका छन्। अन्य राष्ट्रिय दलहरूमा नेकपाले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४/४ सिट प्राप्त गरेका छन्।

May be an image of text that says 'पार्टी प्रत्यक्ष कुन पार्टीको अवस्था कस्तो? समानुपातिक मत មះង់ទាម្អជក 125 समानुपातिक समानुपातिक कुल सिट % 5,183,493 47.84 57 18 182 1,759,172 ,172 16.24 20 9 38 1,455,885 13.44 16 7 25 811,577 CSE 7.49 9 3 16 385,902 3.56 4 1 7 330,684 3.05 अन्य 4 1 5 908,360 8.38 হট્ট जम्मा 164 टाडग्स 0 10,835,025 स्रोत: निर्वाचन आवोग 100 110 274 फाडनल अपडेट मिति: २०८२/११/२८ इन्द्रेणी टाइम्स ၀၀ကာင်ခ'


नाम सिफारिस गर्न तीन दिनको समय
आयोगले सिट सङ्ख्याको टुङ्गो लगाएसँगै सम्बन्धित दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा सांसदको नाम छनोट गर्न निर्देशन दिएको छ। दलहरूले अबको तीन दिनभित्र आफ्ना उम्मेदवारहरूको नामावली आयोगमा बुझाउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्