×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकप लिग टू क्रिकेटमा आज नेपाल-युएई भिड्दै

विश्वकप लिग टू क्रिकेटमा आज नेपाल-युएई भिड्दै

काठमाडौं - आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपालले घरेलु टोलीसँग खेल्दै छ । यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
 
नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुँदै छ । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । 
 
शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । तर लिग(२ मा नेपालले युएईलाई हालसम्म पराजित गरेको छैन । लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ । नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ ।
 
युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनै पर्ने दबाब छ । युएईलाई ओडिआई मान्यता सोझै जोगाउन तीन जित आवश्यक देखिन्छ । 
 
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।  २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
 
नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।  युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
 
नेपाली टोली-
रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने
 

प्रतिकृया दिनुहोस्