×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विरोध प्रदर्शनका बेला मोबाइल पसल लुट्ने ४ जना पक्राउ

विरोध प्रदर्शनका बेला मोबाइल पसल लुट्ने ४ जना पक्राउ

काठमाडौं - गत सोमबार विरोध प्रदर्शनका क्रममा राजधानीको नयाँ बसपार्क स्थित मोबाइल पसलहरू लुटपाटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

विभिन्न माग राखी यातायात मजदुरको नाममा भएको आन्दोलनका क्रममा ल्होत्से मलमा प्रवेश गरी अर्जुन चालिसेले सञ्चालन गरेका एसीडीसी मोबाइल प्रालि र डाइमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालि तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरू चोरी भएको थियो ।
उक्त कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दैलेख भगवती ३ स्थायी भर भई हाल काठमाडौं तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं २६ सामाखुसीका ३५ वर्षीय नवीन खड्गी, रूपन्देही खैरेनी ५ घर भई हाल काठमाडौं २६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी ४ घर भई काठमाडौं १५ स्वयम्भू बस्ने १८ वर्षीय प्रदिप बस्नेत पक्राउ परेका हुन् ।

विभिन्न सामानहरूसहित पक्राउ परेका उनीहरू विरुद्ध मुलुकी अपराध संहिता अनुसार चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न अन्य सन्दिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ गर्ने कार्य भइरहेको छ । 

प्रतिकृया दिनुहोस्