×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सङ्क्रमित बढेपछि बेलायतमा सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी

सङ्क्रमित बढेपछि बेलायतमा सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी

काठमाडौँ- बेलायतमा कोभिड-१९ का नयाँ सङ्क्रमित बढ्दै गएपछि सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी गरिएको छ । त्यहाँ बिहीबार एकैदिन ५२ हजार सङ्क्रमित थपिएका छन् । कोभिड भाइरससम्बन्धी तथ्याङ्क अद्यावधिक गरिरहेको वर्ल्डोमिटर्सको विवरण अनुसार बिहीबार ५२ हजार ९ सङ्क्रमित थपिएका हुन् । तीन महिनापछि पछिल्लो २४ घण्टामा  यति धेरै सङ्ख्या सङ्क्रमित भेटिए । बेलायतमा कुन सङ्क्रमितको सङ्ख्या ८६ लाख ४१ हजार नाघेको छ भने ७० लाख ५ठ हजार निको भएका छन् ।

सङ्क्रमण पुनः बढ्न थालेपछि बेलायतका अधिकारीहरूले स्वास्थ्य मापदण्डको पालनामा जोड दिन थालेका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि नागरिकलाई आग्रह गरे ।  त्यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले सरकारलाई हिँड्डूलमा कडाइ गर्न तथा अन्य सामाजिक गतिविधिहरूमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्