काठमाडौं- जापानकाे एक कम्पनीले चन्द्रमामा पठाएकाे ल्यान्डर रोबाेट सम्पर्कविहीन भएको छ । टोकियोस्थित 'आइस्पेस' नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो । यस विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।
'हाकुतो-आर' नाम दिइएको उक्त ल्यान्डर मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो । सो ल्यान्डर चन्द्रमाको सतहबाट २९५ फिट आएपछि तल छोएको देखिएको कम्पनीले जनाएको छ ।
यो ल्यान्डर २ मिटर अग्लो र ३४० किलोग्राम तौलको थियो, जुन चन्द्रमाको अन्तरिक्ष यान मापदण्ड अनुसार तुलनात्मक रूपमा सानो र कम्प्याक्ट थियो । चन्द्रमाको उत्तरी गोलार्द्धमा अवतरण साइटमा पुगेपछि चन्द्रमाको माटो, यसको भू-विज्ञान र वायुमण्डलको विश्लेषण गर्न 'हाकुताे-आर' त्यहाँ प्रक्षेपण गरिएको थियो ।
हाल अमेरिका, रुस र चीन मात्र चन्द्रमाको सतहमा रोबोट राख्न सफल भएका छन् । यसमा जापानले चालेको यो कदमलाई ऐतिहासिक मानिएको छ ।