×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरे लगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका हुन् ।

उनी भन्छन्, पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधा कुरा नगरेको धेरै भएछ ।

यसअघि रास्वपाले गृह मन्त्रालय नै चाहिने अडान राख्दै बिहीबार दुई दिनको अल्टिमेटम दिएको थियो ।
उक्त समय हिजो सकिएको थियो ।

रास्वपाले आज गर्ने निर्णयलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्