×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ठूलो पार्टी भनेर फुर्ति नलाउनुस्, भोलि धुलोमा मिल्नुपर्ला : खनाल

ठूलो पार्टी भनेर फुर्ति नलाउनुस्, भोलि धुलोमा मिल्नुपर्ला : खनाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सही र कालजयी नीतिले मात्रै पार्टी र देश बलियो हुने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । सही नीति लिन नसकेका पार्टी एक दिन विलाएर जाने उनले बताए । 

नेपालमा ठूलो पार्टी भनेर घमण्ड गर्ने र जस्तोसुकै नीति लिने गर्दा हरेक ठूला पार्टी पनि आवधिक चुनावपछि साना भएर गएको भन्दै उनले सही नीति लिनुपर्ने बताएका हुन् ।

‘ठूलो पार्टी भनेर फुर्ति नलाउनुस्,’ उनले भने, ‘धेरै ठूला पार्टीहरु धुलोमा मिलेको हामीले देखेका छौँ ।’

नेकपा एमालेको ९ महिने सरकारमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले लिएको जेष्ठ नागरिकलाई जीवन निर्वाह भत्ता दिने नीति कालजयी भएकोले पार्टीलाई उक्त नीतिको लाभ सँधै मिलेको समेत उनले बताए ।

वर्तमान अर्थमन्त्रीले पनि आगामी बजेटमार्फत सबैले सदा सम्झिने कालजयी नीति ल्याउन सक्नुपर्ने उनले सुझाव दिए ।

प्रतिकृया दिनुहोस्