नेपाली राष्ट्रिय फुटबल टीमले माल्दिभ्समा आयोजना हुने १३औँ संस्करणको साफ च्याम्पियनसीप फुटबलको उद्घघाटनमा घरेलु टोली माल्दिभ्ससँग खेल्ने भएको छ ।
बुधबार दक्षिण एसियाली फुटबल महासंघ(साफ) ले आगामी अक्टोबरमा हुने खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसीप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदैछ ।
आयोजक माल्दिभ्ससँग नेपालले १ अक्टोबरमा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपाले दोस्रो खेलमा ३ अक्टोबरमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा तेस्रो खेलमा ८ अक्टोबरमा भारतको सामना गर्नेछ । लिग चरणको अन्तिम खेल ११ अक्टोबरमा बंगलादेशसँग खेल्नेछ ।
प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि १३ अक्टोबरमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ ।