×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लगानी प्रवर्द्धन गर्न बोर्ड र महासंघबीच समझदारी

लगानी प्रवर्द्धन गर्न बोर्ड र महासंघबीच समझदारी

काठमाडौँ- लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच बाह्य तथा आन्तरिक लगानी प्रवर्द्धन गर्न विस्तृत समझदारी पत्र(एमओयू)मा हस्ताक्षर भएको छ । 

लगानी बोर्डको परिसरमा आइतबार आयोजना गरिएको एक कार्यक्रमबीच उक्त समझदारी भएको हो । समझदारी पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा नेपालमा आन्तरिक तथा बाह्य लगानी ल्याउन के कस्ता काम गर्ने भन्ने उल्लेख गरिएको लगानी बोर्ड कार्यालयले जनाएको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रोजेक्टले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताए । ‘योजना बनाउदा खर्च लाग्छ,’ उनले भने, ‘ऋण जनतालाई टाउकोमा बोकाउनु हुन्न । आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने हुनुपर्छ। त्यो खालको योजना हामीले अघि बढाउनु पर्छ।’

बोर्डका सीईओ भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख व्यक्त गरे।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए। लगानी बढाउन बोर्डसँग गरिएको समझदारी महत्वपूर्ण हुने बताए ।

प्रतिकृया दिनुहोस्