×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बिहीबार पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ ।

बुधबार बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेकाे हाे । हिजाे निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट थप वलिकले आज बहस गर्नेछन् । सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन् ।

सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्