मालेलाई विभाजनबाट रोक्न विघटित कार्यदलका नेताहरु सक्रिय छन् । नेताहरुबीच आज पनि छलफल हुन लागेको छ । नेताहरुबीच दिउँसो छलफल हुन लागेको छ । नेता सुवासचन्द्र नेम्वाङ्गले भने- ‘हामी निरन्तर छलफलमै छौँ । एमालेलाई विभाजनरहित बनाउनको लागि हामी लागिपरेका छौँ । भेटघाट त प्रायः भइ नै रहेको छ ।’
एमाले एक देख्न कहिले हुन्छ ? भन्ने प्रश्नमा नेम्वाङ्ग भन्छन्-सहमतिमा त हामी आइसक्यौँ नि । त्यसैले त १० बुँदे प्रस्तावना अनुमोदन गरिसकेका छौँ । अब चाँडे नै एमाले एक भएको हेर्न पाइनेछ ।’