काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसत्ता निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठबन्धनका शीर्ष नेताहरु छलफल जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँटफाँड कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी छन् ।
५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको छैन । गठबन्धनमा प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहेरो दाबी भएकाले भागबण्डा जटिल बनेको हो । दलहरुले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा सोमबार बुझाइसकेका छन् ।