×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी–विशेष

निःशुल्क अक्सिजन उपलब्ध गराउदै हाम्रो टिम नेपाल

निःशुल्क अक्सिजन उपलब्ध गराउदै हाम्रो टिम नेपाल

काठमाडौं - कोरोनाको दोस्रो लहरको संक्रमणले अस्पतालमा अक्सिजन नपाएर संक्रमितले मृत्युवरण गरिरहेका बेला  हाम्रो टिम नेपालले  निःशुल्क अक्सिजन उपलब्ध गराउने भएको छ ।

लामो समयदेखि अप्ठ्यारोमा परेका नागरिकको सेवामा अग्रसर रहदै आइरहेको युवाहरुको समुह हाम्रो टिमले निम्न बर्गका नेपाली जसलाई अक्सिजन किन्ने पैसा हुदैन र भएर पनि समयमा उपलब्ध नभएर ज्यान गुमाउन नपरोस भनेर सो सेवा जारी हुने हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले जानकारी दिए।

‘दैनिकजसो निम्न बर्गका  संक्रमितहरुले अक्सिजन नपाएर छट्पटिएको देखेर अक्सिजन दिने निर्णयमा पुग्यौ,’ अध्यक्ष पन्तले भने ‘यस्तो महामारीका बेला सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ।’

उनले उपत्यकाका बिभिन्न अस्पतालमा अक्सिजन नपाएरै  संक्रमितको मृत्यु पनि भएको घटना सुनिएको बताए। ‘हुनेखानेले भिआइपीहरुले त  हेलिकोप्टर चार्टर गरेर पनि सुविधा भएका ठाउँमा उपचार गर्लान,महंगा हस्पिटलका बेड बूकिंग गर्लान तर विपन्न समुदायका संक्रमितहरुले अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले आफ्नो ठाउँबाट गर्न सकिने सहयोग गर्ने निर्णय गरेका हौँ।’

स्मरण रहोस गत बर्ष देखि नै कोरोना कै कारणले कोहि नेपाली मर्न नपरोस भनेर हाम्रो टिमले   पहिलाको लकडाउनको बेला पनि काठमाडौंको खुलामञ्च लगायत बिभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने तथा अप्ठ्यारोमा परेका नागरिकलाइ सहयोग गर्दै आइरहेको थियो।
 अहिले पनि सो कार्य जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्