मोरङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका छन्।
नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नु लाई प्रतिगमन नभएको जिकिर गरे।
प्रधानमन्त्री हुँदा ओलीले दुईपटक संसद् विघटन गर्दै चुनाव घोषणा गरेका थिए। पछि सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको निर्णयलाई उल्ट्याउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
एमालेकै कतिपय नेताले संसद् विघटन गर्नु गल्ती रहेको स्वीकार्दै जनतासँग माफी मागेर स्थानीय तहको चुनावमा जानुपर्ने धारणा राखेका थिए।