काठमाडौं- नेकपा एमालेका सचिवालय बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका १०२ जना समानुपातिक सांसद छान्न र चुनावी समीक्षा गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिइसकेको छ । सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधिसभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको हो ।