×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाबुरामको पार्टीले भन्यो : नागरिकलाई नागरिकता नदिने कोसिस गरियो

बाबुरामको पार्टीले भन्यो : नागरिकलाई नागरिकता नदिने कोसिस गरियो

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले पनि विरोध गरेको छ। नेसपाले राष्ट्रपतिको कदमकै कारण फेरि पनि नेपाली जनता नागरिकता विहीन बन्न लागेको बताएको छ।

नेसपाका अध्यक्ष महेन्द्रराय यादवले संविधानमा लेखिएको अधिकार प्रयोग गर्न राष्ट्रपति बाधक बनेको आरोप लगाएका छन्। उनले एमाले सरकारले विगतमा पनि यस्तै काम गरेका कारण लामो समयदेखि नागरिकले नागरिकता लिन नसकेको दुखेसो पोखेका छन्।

यादवले राष्ट्रपतिले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। राष्ट्रपतिले एमालेकै निर्णय मानेका कारण नागरिकता विधेयक फिर्ता लिएको अध्यक्ष यादवले बताए। राष्ट्रपतिले हिजोमात्रै नागरिकता विधेयक फिर्ता गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्