×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ।
आज (बिहीबार) नेप्से परिसूचक १९.०४ अंकले उकालो लागेर २६८८.५५ विन्दुमा पुगेको हो।
परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकममा भने बुधबारको तुलनामा कमी आएको छ। बुधबार १० अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा आज बिहीबार त्यो घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित रह्यो।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्षस्थानमा रहन सफल भयो। यस कम्पनीको मात्रै ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका समूहगत उपसूचकमध्ये चारवटा बाहेक बाँकी सबै सकारात्मक (हरिया) देखिए। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.८२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त समूह २.५८ प्रतिशत, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ०.०६ प्रतिशत र निर्जीवन बीमा समूहको उपसूचक ०.०० प्रतिशतले स्थिर रह्यो।

प्रतिकृया दिनुहोस्