×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नगर प्रहरीले गौशाला-सिनामंगल क्षेत्रका अवैध संरचना हटाउँदै

नगर प्रहरीले गौशाला-सिनामंगल क्षेत्रका अवैध संरचना हटाउँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोलीले आज गौशाला–सिनामंगल क्षेत्रका अवैध संरचना हटाउने भएको छ । बानेश्वर हुँदै गौशाला–सिनामंगल क्षेत्रमा पुग्ने कार्यतालिका रहेको नगर प्रहरीले जनाएको छ ।

महानगरको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार पशुपति क्षेत्रका केही अवैध संरचना हटाइसकिएको छ । मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा दैनिक कार्ययोजनाअन्तर्गत काम भइरहेको एसपी पाण्डेले बताए । यही भदौ ६ गते नयाँ बानेश्वर क्षेत्रबाट अवैध संरचना हटाउन सुरु गरिएको थियो ।

प्रतिकृया दिनुहोस्