×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोहोर बोकेको गाडीको अवरोध हटाउन प्रहरी परिचालन

फोहोर बोकेको गाडीको अवरोध हटाउन प्रहरी परिचालन

काठमाडौँ- फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए ।

राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी कर्मचारी परिचालन गरिएको बताए ।

पाण्डेले भने, ‘हामीले विहानबाट रोकिएको फोहोर खसाल्न आवश्यक प्रहरी खटाएका हौं । नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएका छन् । धादिङतर्फ स्थानीयले ४० वटा ट्रकहरु सडकमै तेस्र्याएर राखेका छन् । त्यो खोल्नुपर्ने छ, त्यसकैको लागि प्रहरी परिचालित भएका हुन् ।’

प्रतिकृया दिनुहोस्