×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निगमको आन्तरिक उडान ठप्प

निगमको आन्तरिक उडान ठप्प

काठमाडौँ- उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो ।

निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । निगमसँग उडान योग्य दुई ट्वीनअटर जहाज रहेकोमा एउटा लामो समयदेखि काठमाडौँमै ग्राउण्डेड रहेको छ । 

अर्को एक जहाज समेत बिग्रिएपछि निगमको आन्तरिक उडान प्रभावित बनेको हो । निगमले सातामा आधा समय पूर्वी पहाड र आधा समय पश्चिम पहाड तथा हिमाली भेगमा तालिका राखेर उडान गर्दै आएको छ ।

निगमसँग आन्तरिक उडानमा चिनियाँ जहाज भए पनि यी जहाज नउडाउने निर्णय गरी थन्किएका छन् । भएको एउटा जहाज पनि बिग्रिएपछि आन्तरिक उडान प्रभावित भएको हो ।

प्रतिकृया दिनुहोस्