×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल दम्पतीको स्वास्थ्यमा समस्या

नेपाल दम्पतीको स्वास्थ्यमा समस्या

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र उनकी धर्मपत्नी गायत्री नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । यसपछि उनीहरूलाई पहरेजमा राखिएको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य मोहन गौतमले भने, ‘उहाँहरूको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँहरू अहिले घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।’ सचिवालयकाअनुसार नेपाल दम्पतीमा ज्वरो आउने, टाउको दुख्ने, शरीर आलस्यतालगायतका समस्याहरू छन् । ‘ज्वरोलगायतका समस्याहरू देखिएपछि उहाँहरू पहरेजमा हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले स्वास्थ्य स्थिति सामान्य नै छ । सिजनल फ्लू भनिएको छ ।’

नेपाल एकान्तवासमा बसेपछि अधिकांश राजनीतिक भेटघाटलाई बन्द भएको छ । यसपछि नेपाल पुग्नुपर्ने ठाउँमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू खटिएका छन् ।

प्रतिकृया दिनुहोस्