×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्व प्रधान मन्त्री कोइरालाको सातौँ स्मृति दिवस आज

पूर्व प्रधान मन्त्री कोइरालाको सातौँ स्मृति दिवस आज

काठमाडाैँ- पूर्व प्रधान मन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

प्रधान मन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै कोइरालाले पार्टीमा गरेको योगदान र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका आफूहरूका लागि प्रेरणादायी हुने बताएका छन् ।

कोइरालाको निधन २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा भएको थियो । कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गरेर उनको योगदानको सम्झना गर्ने बताएका छन् ।

संविधानसभामार्फत नेपालको नयाँ संविधान निर्माणको अगुवाइ गरेका कोइराला निष्ठावान् र सादगी नेताको रूपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस्