×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डडेलधुराको अमरगढीमा कांग्रेसको अग्रता, २९ मतले पछ्याउँदै कांग्रेस बिपी

डडेलधुराको अमरगढीमा कांग्रेसको अग्रता, २९ मतले पछ्याउँदै कांग्रेस बिपी

काठमाडौं- डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसका उम्म्दवारले आग्रता लिएका छन्। नगरपालिकामा ४ सय ५ मत गणना हुँदा प्रमुखमा कांग्रेसका उम्मेदवारले १ सय ९० मत ल्याएका छन्। यस्तै बिपी कांग्रेसका उम्मेदवारले १ सय ६१ मत ल्याएका छन्। उपप्रमुखमा पनि कांग्रेसले १ सय ९४ मत पाउँदा एमालेले १ सय ६२ मत पाएको छ। प्रमुखमा माओवादीले ३ मत पाउँदा एकीकृत समाजवादीले ४ मत पाएको छ।

उपप्रमुखमा माओवादीले १ मत पाउँदा एकीकृत समाजवादीले ६ मत पाएको छ। यहाँ कांग्रेस बिपी र एमालेबीच गठबन्धन छ। यो प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला पनि हो। डडेलधुरामा नेपाली कांग्रेसले पार्टीबाट निस्काषित गरेका कर्ण मल्ल बिपीमा सक्रिय भएका छन्।

उनले देउवाप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेसलाई पराजित गर्ने दावी गर्दै आएका थिए।

 

प्रतिकृया दिनुहोस्