काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गर्नुभएको छ ।
आज साेमवार दिउँसो १२ बजे सुरु भएको बन्द सत्रको सुरुमा अध्यक्ष मण्डलको घोषणा भएको थियो । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन थाल्नुभएको हो ।
प्रतिवेदन केही समयपछि प्रतिनिधिलाई वितरण गरिने माओवादीले जनाएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि माओवादीले गरेका गल्ती, सुधार्नुपर्ने पक्ष र अबको बाटोबारे समेट्नुभएको छ ।
हिजो आइतवार उद्घाटन सत्रमा प्रचण्डले आफ्नो प्रतिवेदनमा माओवादी र अध्यक्ष स्वयम् कहाँ चुके र कसरी बाटो बिराए भनेर गम्भीर समीक्षा गरेको बताउनुभएको थियो । प्रतिनिधिलाई प्रतिवेदन वितरण गरे पनि समूह बनाएर छलफल थालिनेछ ।