×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. साउन १, २०७९ । ई.सं. १७ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । आइतबार श्रावण कृष्णपक्ष । तिथि- चतुर्थी, १५:४० बजे उप्रान्त पञ्चमी । नक्षत्र- शतभिषा, १८:५० बजे उप्रान्त पूर्वभाद्रपदा । योग- सौभाग्य, २३:४६ बजे उप्रान्त शोभन । करण- वालव १५:४० बजेदेखि कौलव, २६:५२ बजे उप्रान्त वणिज । चन्द्रराशि कुम्भ । आनन्दादि योग राक्षस । दिनमान ३४।०८ । सूर्योदय ५:२० । सूर्यास्त १८:५९ । श्रावण संक्रान्ति, दक्षिणायनारम्भ, थारु गुरियापर्व, कण्डारकपूजा, लुतोफाल्ने, बैतडी विश्वनाथ मन्दिरमा साउनेमेला सुरु । 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक कार्यमा मन जानेछ । आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पुँजी बजारको क्षेत्रमा रुचि बढ्ने र लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । वैदेशिक काम पनि अधुरै रहन सक्छ, तर साँझमा मन खुसी रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा मनमा हर्ष ,उमङ्ग र उत्साह छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । मनमा दुबिधा पनि उत्पन्न पनि हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्