×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

माया बरालकाे कविता

माया बरालकाे कविता

 माया बराल
भावना  जस्तो अमर के छ त ? खोज्दैछु तैपनि 
अथाह ! भाव संचित गर्छु कठिनले मैपनि 
पोखुत भने अनन्त भाव बालुवा  मै खस्छनी
नपोखू भने यो आत्मिक किरण चर्केर खोच्छनि !
          
यै दुबिधा  मा  समाधि मग्न बन्दछु तैपनि 
भावना   जस्तो अमर मैले भेटिन कही पनि !

सहस्र् भाव कसरी  धान्छ यो आत्मिक  बन्धन

त्यो भन्दा अझ हलुको हुन्छ  यो दिलको बन्धन  

यो कुन्ठित भावले जीवन भरी बाधीन्छु तैपनि  
हिर्दय जस्तो मधुर मैले देखिन कही पनि !!

आत्माले भन्दा अजरअमर भाव के देख्न सक्छु र 

भावले भन्दा कलमले बढी के लेख्न सक्छु र 
आमराबती शुन्यमा रचन खोज्दैछु तैपनि   
भावना  जस्तो जिवन्त मैले भेटिन केही पनि !!!

प्रतिकृया दिनुहोस्