काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छेन्दु पुग्नुभएको छ ।
प्रधानमन्त्रीलाई छेन्दुमा सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ र प्रान्तिय सरकारका उपसचिव गनरल जियाओपेङलगायत अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री त्यहाँ विभिन्न अनुसन्धान केन्द्रको अवलोकन गर्ने र सिचुवान प्रान्तका पार्टी सेक्रेटरीसँग द्विपक्षिय बैठकमा सहभागी हुनेछन्।
भोलि बिहान प्रधानमन्त्री नेपाल फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।