×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

२७ बर्षिय युवाले गरे कांग्रेसको केन्द्रिय नेतृत्वमा  दाबी

२७ बर्षिय युवाले गरे  कांग्रेसको केन्द्रिय नेतृत्वमा  दाबी

काठमाडाैँ  –   नेपाली कांग्रेसको आसन्न महाधिबेसन को रौनक बढ्दै गएको छ । पार्टीको महाधिबेसन नजिकिदै गर्दा वाड,पालीका,प्रदेश क्षेत्र,प्रतिनिधी सभा क्षेत्र,जिल्ला,प्रदेश र केन्द्र सम्मको नेत्रित्वको लागि उमेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ। बिपी कोईरालाको १०८ औ जन्मजयन्ती को दिन पारेर  पार्टीको केन्द्रमा पार्टी प्रबक्ता बिश्वप्रकास शर्माले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेकै दिन,बाग्लुङ क्षेत्र नम्बर २ बाट २७ बर्षे यदुराम  सापकोटाले केन्द्रिय महाधिबेसन प्रतिनीधी पदको लागि उमेदवारी दिने घोषणा गरेका छन्।

आफ्नो उमेरसमुह समेत अब नेत्रित्व लिन तयार रहेको सन्देश दिनको लागि  पनि जबरजस्त उमेदवार बन्नुपर्ने अवस्था आएकोले कुनै बार्गेनीङको लागि नभएर ,गर या मरको अबस्थामा आफ्नो उमेदवारी अन्तिम सम्म कायम रहने उनले बताएका छन्।
उनको घोषणा जस्ताको तस्तै 
नमस्कार तथा जय नेपाल 
आज महामानव बिपी  कोईरलाको १०८ औ  जन्मजयन्तीको अवसरमा उहाँ प्रती हार्दीक श्रध्दासुमन अर्पण गर्दछु१नेपाली कांग्रेस पार्टीका संस्थापक नेता जन्मिएको यो ऐतिहासीक दिनमा ,म आफु बिपीको अनुयायी र बिपीले निर्माण गरेको पार्टीको कार्यक्रताले मेरो राजनितीक जिवनकै  ऐतिहासीक घोषणा गरेको छु।हुनत राजनितीक र सामाजिक जिवनमा सानै उमेरदेखी पार्टीको भातृसंस्था  ,सामाजिक संघसंस्था हरुमा यस्तै घोषणाहरु  गर्दै कहिले सफल र कहिले असफलत हुदै नेत्रित्व गर्ने क्षमतालाई आफैले तिखार्दै अगाडी बढ्दै आएको हुँ१आजका दिनमा भने मैले माउ पार्टीको राजनितीमै अब मेरो उमेर समुहको पनि जबरजस्त दाबेदारी रहनुपर्छ भन्नेअठोटका साथ अगाडी बढेको छु।आज म २७ बर्षकै उमेरमा यो बाटोबाट  अगाडी बढ्दै गर्दा कतिपय पार्टीका अग्रज नेताहरुले भने अझै फुच्चे छौ  ,यो दुस्साहस नगर भनिरहनुभएको छ।उहाँहरुको आग्रहलाई पनि म सम्मान गर्न चाहान्छु ,म अग्रजहरु सँगै हातेमालो गर्न मेरो पुस्ताको प्रतिनीधीत्वको  दाबेदारी गर्न तमाम युवा ,तन्नेरी साथीहरुको सल्लाह सुझाब लिएर अगाडी बढिसकेको,सबैमा जानकारी गराउन चाहान्छु।

म र मेरो उमेर समुह यतीबेला नेत्रित्वमा आउनको लागि गर या मरको स्थितीबाट जबरजस्त अगाडी बढिरहेको सबैमा जगजाहेर छ।वडा तहको अधिबेसनबाट १८ र १९ बर्षे युवा साथीहरुले नेत्रित्व लिएको देख्दै गर्दा ,मेरो उमेदवारीमा  हौसला थपिएको छ।बिपी कोईरलाले  नेपाली कांग्रेस पार्टी र नेपालमा डेमोक्रेटिक पार्टीको परिकल्पना गर्दै गर्दा २४ र २५ बर्षको उमेर थियो तर म आजको दिनमा त्यो बेलाका बिपी भन्दा २ बर्ष बढी अर्थात २७ बर्ष पुगिसकेको छु,१४र१५ बर्षकै उमेरदेखी भातृसंस्थामा ,ने बि सँघ हुदै,नेपाली जनसम्पर्क समितीको  सम्म नेत्रित्व गरेको अनुभव  म सँग छ।

अब त्यो अनुभवले मलाई माउ पार्टीको राजनितीमा नेत्रित्व लिनका लागि जबरजस्त  दाबेदारी गर्नुपर्छ भन्ने महसुस गराएको छ।मेरो यो उमेदवारीले अब मेरो उमेर समुह पनि पार्टीको नेत्रित्व लिन तयार भैसक्यो भनेर  पार्टीका आम नेता कार्यक्रतालाई सन्देश  अवश्य दिनेछ।जितौला हारौला  तपशिलको कुरा भयो तर मेरो उमेदवारी अब कुनै बार्गेनिङ नगरीकन लोकतान्त्रिक प्रक्रिया सम्म पुग्ने  जानकारी ,बाग्लुङ क्षेत्र नम्बर २ का प्रत्यक वडा,पालिका हरुबाट आउने सम्पुर्ण वडा सभापती र क्षेत्रिय प्रतिनिधीहरुमा जानकारी गराउन चाहान्छु।बिपी कोईरलाको १०८ औ जन्मजयन्ती को अवसरमा  बिपी र बिपीको बिचारलाई आत्ममा राखेर यो घोषणा गरेको छु।

आदरणीय ,बाग्लुङ जिल्ला क्षेत्र न २ का बिभीन्न वडाहरुबाट निर्वाचित वडा सभापती लगायत सम्पूर्ण क्षेत्रिय प्रतिनिधिज्युहरू जय नेपाल १ बाग्लुङ जिल्ला क्षेत्र न।२ बाट  आगामी क्षेत्रिय अधिवेशनमा म यदुराम सापकोटा महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुने कुरा अवगत गराउँदै तपाईंहरुको अमूल्य मतको अपेक्षा गर्दछु ।
जय नेपाल 

प्रतिकृया दिनुहोस्