काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निर्णय स्वीकार्न नसकिने बताएका छन् ।आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताए ।
‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन’अध्यक्ष ओलीले भने,‘आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ ।’ उनले सत्तापक्षको फाइदाका लागि आयोग त्रुटि सच्याउन किन चाहँदैन ? भन्दै प्रश्न समेत गरे ।