×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्राफिक नियम उलङ्घन गर्नेलाई सडकमा राख्ने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ट्राफिक नियम उलङ्घन गर्नेलाई सडकमा राख्ने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं - ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई  सडकमा स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चमा कृष्ण विकलगायतले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । जुन निर्णय विवादमा परेको थियो ।


 

प्रतिकृया दिनुहोस्