×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

विराटनगर - कोशी प्रदेश सरकारका मुख्यमन्त्री उध्दब थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ । थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए ।

त्यस विरूध्द  पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए । यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई कामचलाउ अवस्थामा रहन भनेको थियो । 

अदालतले उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो भने विपक्षीलाई १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न भनेको थियो ।

उता, मुख्यमन्त्री थापाले भने आफूले संवैधानिक व्यवस्था अनुसार नै विश्वासको मत लिएको जवाफ पेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्