×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यसअघि पनि थियो सातामा २ दिन विदाको प्रचलन, यी हुन् विदासम्बन्धी तथ्य

यसअघि पनि थियो सातामा २ दिन विदाको प्रचलन, यी हुन् विदासम्बन्धी तथ्य

काठमाडौँ- सरकारले इन्धनको खपत घटाउन भन्दै सातामा दुई दिन सार्वजनिक विदा दिने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार गरी २ दिन बिदा दिने निर्णय गरेको हो ।

तर, सरकारले सातामा दुईपटक विदा दिएको यो पहिलोपटक भने होइन । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।

आयोगकै सिफारिसअनुसार २०५६ सालमा काठमाडौँ उपत्यकाबाट सातामा २ दिन बिदा दिने चलन पुनः सुरु गरिए पनि त्यो पनि असफल भयो । पटक पटक कुरा उठ्ने र कार्यान्वयन गर्ने प्रयाससमेत भए पनि पूर्ण तयारीका साथ नआउँदा पुरानै अवस्थामा फर्किनुपर्ने अवस्था एक वर्ष अघि अर्थात् २०७७ मङ्सिरमा पनि उठेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक समिति गठन गर्दै सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको थियो ।

सरकारले सातामा दुई दिन विदा दिने घोषणासँगै कार्यालय समय पनि हेरफेर गरेको छ । अब कार्यालय समय बिहान ९ः३० देखि बेलुकी ५ः३० बजेसम्म हुनेछ ।

यी हुन् नेपालमा कार्यालय समय र विदासँग सम्बन्धित तथ्य

नेपालमा सर्वप्रथम देव शमशेरले १० बजे देखि ५ बजेसम्म कार्यालय समय कायम गरेका थिए । पछि भिम शमशेरले कार्यालय समय १०-४ गरेका थिए । देव शमशेरकै पालाबाट दिइन थालेको सार्वजनिक विदा भिम शमशेरका पालामा शुक्रवार आधा दिन कार्यालय समय र शनिवार सार्वजनिक विदाका रूपमा कायम भएको इतिहास पाइन्छ ।

त्यस्तै, पद्म शमशेरले कार्यालय समय कार्तिकदेखि माघसम्म १०-४ र फागुनदेखि कार्तिकसम्मम १०-५ कायम गर्ने प्रचलन चलाएका थिए ।

प्रतिकृया दिनुहोस्