×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद्ले पुस २२ मा बोलायो सर्वदलीय बैठक, यी हुन् एजेन्डा

संसद्ले पुस २२ मा बोलायो सर्वदलीय बैठक, यी हुन् एजेन्डा

काठमाडाैँ- संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

सोही कारण बैठक सञ्चालन, प्रतिनिधि सभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाएका हुन् ।  हालै सम्पन्न निर्वाचनमा प्रतिनिधि सभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँचजना स्वतन्त्र सांसद विजयी भ्एका छन् । सातवटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए ।  संसदमा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन् । 

प्रतिकृया दिनुहोस्