×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चन्द्रगिरिमा केबलकार अडकियो, मिडिया बेखबर

चन्द्रगिरिमा केबलकार अडकियो, मिडिया बेखबर

काठमाडौं- हिजो काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी केवुलकारमा चढेर यात्रा गरिरहेका कारहरु अचानक कारमै रोकिन पुग्दा निकै समय यात्रु पनि झुण्डिएका कारमै रोकिन पुगे ।

बिजुली बन्द भै कारहरु तारमै रोकिन पुगेको चन्द्रागिरि केबल कारले जनाएको छ । गडबडी उत्पन्न भै आधा घण्टा कारहरु रोकिएको कम्पनीले बताएपनि स्थानीयले करीब ३ घण्टा सेवा रोकिएको भनेका छन् । थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्ड २ जना चिकित्सक र नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो ।

३७ जनालाई रोकिन पुगेका केबलकारहरुबाट फर्काइएको थियो । थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको दिए । यी निम्न कुरामा पत्रपत्रिका समाचार शाखाहरु बेखबर रहेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्