×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

हङकङमा हुने टी-२० सिरिजका लागि टोलीको घोषणा, मुख्य खेलाडीलाई आराम दिदा अरु काे- काे परे ?

हङकङमा हुने टी-२० सिरिजका लागि टोलीको घोषणा, मुख्य खेलाडीलाई आराम दिदा अरु काे- काे परे ?

काठमाडौं - हङकङमा आयोजना हुने त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

फागुन २७ बाट सुरु हुने नेपाल, पपुवा न्यु गिनी र हङकङ सम्मिलित त्रिदेशीय सिरिजका लागि आइतबार नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली टोलीको घोषणा गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललितनारायण राजवंशी, आशिफ शेख, कुशल मल्ल लगायतका मुख्य खेलाडीलाई आराम दिएको छ । आकाश चन्दले पहिलो पटक टी-ट्वान्टी आई टोलीमा मौका पाएका छन् । लोकेश बमले लामो समय पछि टोलीमा पुनरागमन गरेको छन् ।

हङकङ क्रिकेटले शनिबार सिरिजको खेलतालिका प्रकाशीत गरेको थियो । सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग रहेको छ । दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

त्यसअघि फागुन २६ मा नेपालले हङकङविरुद्ध नै फ्रेन्डसिप कप खेल्ने छ । सिरिजको लागि नेपाली टोलीको घोषणा भने भएको छैन ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपाली टोली :
 रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा  ।

प्रतिकृया दिनुहोस्