×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सीलाई पीएसजीले आइफेल टावरमा सार्वजनिक गर्दै

मेस्सीलाई पीएसजीले आइफेल टावरमा सार्वजनिक गर्दै

एजेन्सी - अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान एवं स्टार फुटबलर लियोनल मेस्सीलाई सार्वजनिक गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइफेल टावर भाडा लिएको दावी गरिएको छ ।

आइताबार मेस्सी बार्सिलोनाबाट बिदाइ भएका थिए । पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल(थानीले शनिबार नै सामाजिक सञ्जालमार्फत मेस्सी चाडैँ औपचारिक घोषणा गर्ने बताए थिए ।

मेस्सीलाई भित्र्याएको घोषण गर्न पीएसजीले १० अगस्टका लागि आइफेल टावर भाडामा लिएको इस्पेन पत्रिकाले दावी गरेको छ । इस्पेनका अनुसार पीएसजीले तीन लाख युरो तिरेर टावर भाडामा लिएको हो । रोयर्टसका अनुसार पीएसजी र मेस्सबीच दुई वर्षको सम्झौता भएको छ ।

पीएसजील सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा पीएसजीले आइफेल टावर भाडामा लिएको थियो ।

प्रतिकृया दिनुहोस्