×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाकिस्तानमा बस दुर्घटना हुदाँ चालीसको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुदाँ चालीसको मृत्यु

क्वेटा- पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस दुर्घटना हुदाँ ४० जनाको भएको हो । बस पुलबाट खसेर आगलागी हुँदा मृत्यु भएको एक सरकारी अधिकारीले जनाएको छ । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या सामान्य छ । सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्