×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जेठ २ को स्थायी कमिटी बोलाउन बामदेवको आग्रह

जेठ २ को स्थायी कमिटी बोलाउन बामदेवको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता बामदेव गौतमले २०७५ जेठ २ मा रहेको स्थायी कमिटीको बैठक बोलाउन आग्रह गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी नेता गौतमले २०७५ जेठ २ गते कायम रहेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र पाँच सचिवसहितको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्नसमेत प्रस्ताव गरेका हुन् ।

उनले एमालेलाई २०७५ जेठ ३ पूर्वका अवस्थाबाट अगाडि बढाउन  अध्यक्ष केपी शर्मा ओलीले तयार हुनु सकारात्मक भए पनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुनेसमेत बताएका छन् ।

अध्यक्ष ओलीले पार्टी कमिटीलाई निःशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै त्यसलाई एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका हुन् ।

नेता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न ।’

प्रतिकृया दिनुहोस्