×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाराका सहायक सीडीओविरूद्ध भ्रष्टाचार मुद्दा

बाराका सहायक सीडीओविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।

न्यू पाथिभरा सप्लायर्स, हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्त पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिएको भन्दै आयोगले उनी विरुद्ध सवा एक करोड रुपैयाँ बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। सेढाई अहिले बाराको सहायक प्रमुख जिल्ला अधिकारी छन्।

सेढाईले बालगंगा नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरसँग सम्झौता गर्दा दुई किस्ताबापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा नलिएर सम्झौता गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको रकममध्ये अहिलेसम्म दाखिला गर्न बाँकी रकम एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईलाई बिगो एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नै बिगो दाबी गर्दै कैद सजाय माग गरिएको छ।

साथै न्यू पाथिभरा सप्लायर्सले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम र ठेक्का कबोल रकमको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार पाँच सय १० रुपैयाँ दाखिला गरेको नदेखिएकोले सोही रकमसमेत गरी एक करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले त्यसका प्रोपाइटर मिराकुमारी श्रेष्ठलाई एक करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ नै बिगो दाबीसहित गरिएको छ।

प्रतिकृया दिनुहोस्