×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुबुदुलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी

पुबुदुलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी

काठमडौं -  नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ ।
क्यानका एक शीर्ष अधिकारीले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी भएको बताएका छन् ।
नेपाली क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हो । उनी सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । 
पुबुदु दसानायके नेपाली क्रिकेटका लागि नौलो नाम होइन । नेपाली क्रिकेट टोलीको हालको सफलतालाई पछाडि फर्केर हेर्दा उनको पनि ठूलो योगदान छ ।
सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका उनीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
नेपाली क्रिकेट र क्रिकेट खेलाडीका विषयमा राम्रो ज्ञान राखेका पुबुदुले क्रिकेट टोलीलाई नयाँ उचाइमा पुर्याजउने अपेक्षा गरिएको छ । 
पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । क्यानडा र अमेरिकाको प्रशिक्षकका रूपमा काम गरिसकेका पुबुदु प्रशिक्षकको रुपमा राम्रो अनुभव छ । 
ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो । 
त्यसको एक महिनापछि क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।  नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए । 
क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइयो । 
दसानायकेलगायत मोन्टी देशाई, ग्रान्ट ब्राडवर्न, अशंखा गुरुसिंह र रुवान कल्पले प्रशिक्षकका लागि अन्तवार्ता दिएका थिए ।  

प्रतिकृया दिनुहोस्