×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा

जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय भन्दा धेरै फिनिक्स गोष्ट ट्याक्टिकल मानवरहित हवाई उपकरण ९ड्रोन० समावेश रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबाहेक उनले युक्रेन सरकारलाई ५० करोड डलर बराबरको प्रत्यक्ष आर्थिक सहयोगको पनि घोषणा गरेको जनाइएको छ । ‘उनीहरु अर्को चरणको युद्धका लागि तयार रहेका बेला हामी निकै गम्भीर घडीमा छौँ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।उनले अमेरिका र साझेदारहरुले युक्रेनलाई सहयोग गर्न ‘सकेजति चाँडो’ काम गरिरहेको समेत बताए ।

यो सहयोग युक्रेनलाई सहयोग गर्ने सम्बन्धी कोषबाट दिइने र यसका लागि कंग्रेससँग थप सहयोगका लागि प्रस्ताव गरिने समेत उनले बताए । ‘यो निर्णय भइरहेको छ । मैले रक्षा मन्त्रालयललाई प्रस्ताव अघि बढाउन भनेको छु ।’ उनले भने ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले युक्रेनलाई गरिने थप सहयोगबारे छिटोमा अर्को साता प्रक्रिया अघि बढाइने हाउसकी सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अमेरिकी कांग्रेसमा युक्रेनलाई सहयोग गर्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट प्रतिनिधिहरू लगभग एकमत रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्