×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछानेलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार युवराज पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा  वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल दर्ता गरेर निर्वाचन आयोगले त्रुटि गरेको दाबी गर्दै लामिछानेलाई सभापतिसँगै दलको साधारण सदस्यता समेत खारेज गर्न माग गरिएको छ ।

निवेदनमा गरिएको दाबी अनुसार लामिछानेसँग वैध नागरिकता नभए उनी पार्टीको साधारण सदस्य समेत रहन सक्दैनन् । उनले अमेरिकी नागरिकता लिँदा निष्क्रिय भएको नेपाली नागरिकता सक्रिय बनाउन कानुनी प्रक्रियामै नगएको स्विकारिसकेका छन् ।

पौडेलले यस अगाडि गृह मन्त्रालयमा दिएको नागरिकता सम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी परिसरले छानबिन गरिरहेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयमा पत्र पठाएर छानबिन गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्