×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकार देवकोटाले पनि पदक नलिने

पत्रकार देवकोटाले पनि पदक नलिने

काठमाडौँ-  सरकारले संविधान दिवसका अवसरमा घोषणा गरेका पदकहरु अस्वीकार गर्ने पत्रकारको संख्या थपिँदो छ । पत्रकार कृष्णज्वाला देवकोटाले पनि पदक अस्वीकार गर्ने बताएका छन् । सरकारले गर्ने पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै देवकोटाले पदक अस्वीकार गर्ने घोषणा गरेका हुन् । सरकारले उनलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको थियो । उनले सरकारको निर्णय आफूले ढिलोमात्र थाहा पाएको र पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने नदेखेर नलिने घोषणा गरेको बताएका छन् ।

नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए आफूलाई सामाजिक प्रेरणा नै पर्याप्त भएको बताएका छन् ।

देवकोटाले फेसबूकमा लेखेका छन्ः

ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद । तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।

यसअघि पत्रकारहरु हरिबहादुर थापा, नारायण अमृत र कार्टूनिस्ट रविन सायमीले पनि पुरस्कार नलिने घोषणा गरेका थिए । उनीहरूले सरकारले वितरण गर्ने पदक र विभूषणबाट पारदर्शिता र विवेक नभएको, पञ्चायती तरिका नै अपनाइएको र भागबन्डामा वितरण गर्ने गरिएको भन्दै पदक नलिने बताएका छन् । देवकोटा नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस्