×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युवा संघ दार्चुलाका अध्यक्ष ठगुन्ना माथी आक्रमण

युवा संघ दार्चुलाका अध्यक्ष  ठगुन्ना माथी  आक्रमण

काठमाडौं - राष्ट्रिय युवा संघ दार्चुलाका अध्यक्ष अनिल ठगुन्ना माथी सदरमुकाम खलङ्गा स्थित एक होटेलमा बसिरहेको अवस्थामा स्थानीय युवाहरूको एक समुहले आक्रमण गरेका छन । साझ आठ बजे तिर होटेलमा बसेर साथीहरू संग गफ गरिरहेका ठगुन्नालाई एक्कासी केहि युवाहरूको समुहले पछाडी बाट आएर वियरको बोतल लगायत धारिलो हतियार प्रयोग गरि टाउकोमा आक्रमण गरेका थिए । आक्रमण बाट घाईते ठगुन्नाको जिल्ला अस्पताल खलङ्गा बाट थप उपचारका लागि धनगढी रेफर गरिएको छ । ठगुन्नालाई आक्रमण गर्ने युवाहरूको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्