को-रोना महामारीको दोस्रो लहरले धेरै मानिस संक्रमित भएका छन् । को-रोना संक्रमितहरूलाई अक्सिजनको समस्या हुन थालेको छ । अक्सिजनको कमी धेरैको ज्या-नै गएको छ।
कुनै पनि मानिसको अक्सिजन लेवल लगातार ९० भन्दा तल रहन्छ भने सो मानिसलाई अक्सिजन कम हुन थाल्छ ।
अक्सिजन कम भएका व्यक्तिलाई स्वास फेर्न गाह्रो हुने हुन्छ भने ज्यानै जाने समेत खतरा हुन्छ ।
अक्सिजन कम हुनबाट बच्न यस्ता उपायहरू अपनाउनुहोस्।
- सबैभन्दा पहिले तपाईंले अक्सिजन लेवल परीक्षणका निम्ति अक्सोमिटर घरमा राख्नुहोस् । औषधी पसलहरूमा यो सहजै उपलब्ध हुन्छ ।
- आफ्नो घरमा पनि ग्यास, स्टोभ, मैनबत्ती, विजुली वा ग्यास हिटर जस्ता वस्तुहरूबाट कम्तिमा पनि ५ फिट टाढा रहनुहोस् । यी चीजहरूको नजिक जाँदा थप अक्सिजनको अभाव हुन जान्छ ।
- पेन्ट थिनल, एरयोसोल स्प्रे, क्लिनिङ्ग फ्लूडजस्ता फ्लेमेबल प्रोडक्ट्सहरूको प्रयोग नगर्नुहोस् ।
- साथै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम जस्ता वस्तुहरू छाति वा शरीरको कुनै पनि भागमा नलगाउनुहोस् ।
- यदी तपाईं धुम्रपान गर्नुहुन्छ भने यसलाई कम गर्नुहोस् । धुम्रपान गर्ने मानिसहरूबाट टाढै रहनुहोस् ।
- यती मात्र नभई , घरमा पूजाका लागि प्रयोग हुने अगरबत्ती वा धूपबत्तीको धुवाँबाट पनि टाढै रहनुहोस् ।
- तेसैगरी घरमा इन्डोर प्लान्ट लगाउनुहोस् । जसबाट सधै अक्सिजन पाइन्छ ।