×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

९ दिनमा नै ५ अर्बका नयाँ नोट साटियो

९ दिनमा नै ५ अर्बका नयाँ नोट साटियो

काठमाडौँ -पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको दसैंका नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन् । वाणिज्य बैंकले समेत नयाँ नोट साटन थालेपछि लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको हो ।

 असोज ४ गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको राष्ट्र बैंकले अहिलेसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही गरिसकेको छ । बिहीबारसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले बताए । ‘अहिले एक जना व्यक्तिले ५ देखि १० मिनेट भित्रमा नयाँ नोट सटही गरिसक्ने गरी व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘पहिलो जस्तो नयाँ नोट साट्नका लागि घन्टौ लाइन बस्नु पर्दैन् ।’
दसैंका लागि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट साटन पाउछन् । अहिले राष्ट्र बैंक तथा वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई ५, १०, २० र १०० का दरले नयाँ नोट वितरण गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्