×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केएमसीमा गराइयो ‘क्याडेभरिक’ अभ्यास

केएमसीमा गराइयो ‘क्याडेभरिक’ अभ्यास

काठमाडौँ- मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्युरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो । 

सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्युरो सर्जनहरू सहभागी थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ ।

नयाँ चिकित्सकहरूलाई दुरविनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।

यस्तो प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको केएमसीका वरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । उनका अनुसार इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेसन सम्बन्धी प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सहभागीहरूलाई केएमसीका वरिष्ठ न्युरो सर्जन प्रा.डा.थापा र प्रा.डा.माल्कम पेस्टोनजीले सीप सिकाएका छन् ।

प्रयोगात्मक प्रशिक्षणपछि होटल हिमालयमा यो विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा १ सय १८ चिकित्सक सहभागी थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागी भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्